May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:२१
कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान

विराटनगर । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्मकै धेरै धान फलेको छ । अन्य प्रदेशमा धानको उत्पादन घउत्पादन घटिरहेको खबर सार्वजनिक भइरहेको बेला कोशी प्रदेशले भने इतिहासमै धेरै धान फलेको विवरण सार्वजनिक गरेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा हालसम्मै धेरै ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७–७८ मा थियो । त्यस वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो । तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले बढेको हो । ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ,’ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो ।’

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।