July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

यो वर्षकै अधिक गर्मी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० ११:५0
यो वर्षकै अधिक गर्मी

काठमाडौं ।।

काठमाडौंमा हिजो (शनिबार) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा यो यस वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

“हामीले बेलुका ५.४५ मा अधिकतम तापक्रम मापन गर्छौँ ।  हिजोको अधिकतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च हो,” उनले भने । महाशाखाका अनुसार काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।

हाल देशमा पश्चिमी वायुसँगै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको उनले बताए । केही दिनमै मनुसन भित्रिने मौसमविद् लामिछानेका अनुसार नेपालमा अब केही दिनमै मनसुन भित्रिने सम्भावना छ । पूर्वी क्षेत्रमा मनसुनका लागि अनुकूल वातावरण बन्दै गरेको उनले बताए ।

“पूर्वतिर मनसुनका लागि अनुकूल वातावरण बन्दै छ । त्यसले गर्दा त्यहाँ तापक्रम घट्ने देखिन्छ,” उनले भने, “यही दिनभन्दा पनि केही दिनमै मनसुन भित्रिने सम्भावना छ ।” हरेक वर्ष नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । “यो वर्ष जुन १३ भन्दा अघि त मनसुन भित्रिने देखिँदैन, अहिलेको अवस्थामा त्यसकै केही दिन नजिक मनसुन भित्रिने सम्भावना छ,” उनले भने ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रिने गर्छ । क्रमशः पश्चिमी क्षेत्रमा पुग्ने र देशभर मनसुनको प्रभाव रहँदै फेरि फर्किएर पूर्वी भेगबाटै बाहिरिने गरेको महाशाखाले जनाएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्