काठमाडौं ।।
मध्य एसियाली देशको उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ । आपतकालीन अवस्था मन्त्रालयले शनिबार ३१६ जनालाई बाहिर निकालिएको बताइएको छ । तर, उच्च तापक्रम र हावाको दिशा परिवर्तनले उद्दारमा कठिनाइ भएको छ ।
अहिले स्थिति नियन्त्रणमा आएको मन्त्रालयले जनाएको छ । “१४ शव फेला परेका छन्, आगोले ६० हजार हेक्टर जंगल जलेको छ ।” मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । अल्जजिरा