May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

प्रधानन्यायाधीश कार्कीको असारमा सुनुवाइ हुने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:0८
प्रधानन्यायाधीश कार्कीको असारमा सुनुवाइ हुने

काठमाडौं ।।

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो । गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध २९ उजुरी परेका छन् । समितिसमक्ष कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका छन् । आजको बैठकमा त्यो कार्ययोजना उपलब्ध गराइएको छ । समितिले यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ ।

आउँदो असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ । ६५ वर्षे उमेरहदका कारण कार्कीले आउँदो साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।