May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पेमेन्ट गेटवे सामूहिक रुपमा संस्थागत निर्णय गरेरै कारोवार भएको हो : बजेट प्रमुख मरासिनी

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:५0
पेमेन्ट गेटवे सामूहिक रुपमा संस्थागत निर्णय गरेरै कारोवार भएको हो : बजेट प्रमुख मरासिनी
  • सामूहिक रुपमा संस्थागत निर्णय गरेरै राष्ट्रिय भुक्तानी प्रणालीका लागि बजेट निकासा भएको दावी
  • यसमा सहजीकरण गर्नेबाहेक मेरो भूमिका रहँदैन
  • आफूले आफ्नो युजर आइडी प्रयोग गरेर कार्यक्रम इन्ट्री गरेको दावी गरे 

 काठमाडौं ।।

निलम्बित वाणिज्य सचिव एवं अर्थ मन्त्रालयको तत्कालीन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीले सामूहिक रुपमा संस्थागत निर्णय गरेरै राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) का लागि बजेट निकासा भएको दावी गरेका छन् । नेशनल पेमेन्ट गेटवे निर्माणमा अनियमितता भएको दाबी सहित परेको उजुरी छानबिनका क्रममा बयान दिँदै उनले त्यसमा मन्त्रीदेखि अर्थ सचिवसम्मको भूमिमा हुने दाबी गरे । उनले बजेट निर्माणको चरणमा नीतिगत रूपमा तय भएर कार्यक्रम भन्दै आफूले त्यो विषय तय नगरेको दाबी गरेका छन् ।

उनले बयानमा भनेका छन्, ‘बजेट निर्माणमा अर्थमन्त्री, योजना आयोगको उपाध्यक्ष, अर्थसचिव र बजेट लेखा टिमले सामूहिक रूपमा छलफल र निर्कयोल गरेपछि कार्यक्रम हुने हो । यसमा सहजीकरण गर्नेबाहेक मेरो भूमिका रहँदैन ।’ राष्ट्रिय भुक्तानी प्रणालीका विषयमा संस्थागत रुपमा तय भएर कार्यक्रम इन्ट्री र बजेट निकासा भएको हुनसक्ने भन्दै उनले त्यसक्रममा उनले आफ्नो युजर आइडी प्रयोग नभएको दावी गरेका छन् । उनको दाबी स्वीकार्दै अर्थ मन्त्रालयका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठले मरासिनीकै निर्देशनमा आफूले आफ्नो युजर आइडी प्रयोग गरेर कार्यक्रम इन्ट्री गरेको दावी गरेका थिए ।

अर्थ मन्त्रालयमा बजेट बन्नुभन्दा अघि ८/१० दिन अघिदेखि बजेट इन्ट्री सिस्टम लक हुने भन्दै मरासिनीले आफूले कसैलाई पनि बजेट निकासका लागि डाटा इन्ट्री गर्न निर्देशन नदिएको दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रले डिजिटल पेमेन्टलाई सञ्चालनमा ल्याउने विषय समावेश गरिदिन अनुरोध गरेको छ । शुरुवाती चरणमा इन्ट्री नभए पनि सम्बन्धित मन्त्रालय, निकायको अनुरोध वा छलफलका आधारमा बजेटमा परेको हुनसक्छ ।’

उनी लगायत ९ जनामाथि अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बजेटको रातो किताबमा समावेश नै नभएको योजना मरासिनी समेतको संलग्नतामा एकाएक आर्थिक वर्षको अन्त्यमा छनोट गरी बजेट निकासा मार्फत अनियमितता गरेको अख्तियारको दाबी छ । उनले बयानमा सामूहिक निर्णयबाट यो काम भएको बताएपछि अख्तियारले तत्कालीन अर्थसचिव शान्तराज सुवेदीसँग समेत बयान लिएको थियो, तर सुवेदीको हकमा मुद्दा नचलाउने निर्णय भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट