sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘नीरफूल’ फिल्मले नेतादेखि सबैको मन छोयो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:५७
‘नीरफूल’ फिल्मले नेतादेखि सबैको मन छोयो

काठमाडौं ।।

  • सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो
  • राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए
  • एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे
  • फिल्म हेरेपछि नेता रावललाई भुटानी शरणार्थी प्रकरणको याद दिलायो 
  • नीरफूलले देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ 
  • अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् 

सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए । एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे । नेता रावलले फिल्म हेरेपछि यसले आफूलाई भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए ।

‘नीरफूलले एकैचोटी धेरै सन्देश दिएको छ । हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ,’ उनले भने, ‘भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा गर्नुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहेछन् भन्ने कुरालाई अघि ल्याएको छ । यो फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना भयो ।’

वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको आरोप उनले लगाए । ‘त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिन्छ,’ उनले भने, ‘मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले प्रस्तुत गरेको छ ।’

अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् । ‘भूकम्पको बेलाको पीडालाई हामीले झण्डै बिर्सिएका थियौं । यो फिल्मले त्यो क्षण सम्झाइदियो । हामीलाई काठमाडौंको पीडा थाहा थियो तर दुर्गम भेगको थाहा थिएन । फिल्मले संस्कृति पनि प्रस्तुत गरेको छ । सुकिसकेको खाटालाई यसले पुनः ब्युँझाएको छ,’ उनले भनिन् । फूलमान बल निर्देशित नीरफूल शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid