May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

२ अर्ब ३५ करोड रूपैयाँ बजेट विनियोजन गर्ने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १४:३४
२ अर्ब ३५ करोड रूपैयाँ बजेट विनियोजन गर्ने

जनकपुरधाम ।।

  • २०८०-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी
  • अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ
  • अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’  : अर्थमन्त्री यादव
  • सरकारले चालु आर्थिक वर्ष २०७९-८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो
  •  २ अर्ब ३५ करोड रूपैयाँ विनियोजन गर्न लागिएको छ

१ असारमा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भने । आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव भट्टराई प्रदेश सरकारको २० अर्ब र सङ्घीय सरकारले दिने १५ अर्ब अनुदान गरी करिब ३५ अर्बको बजेट आउने बताउँछन्।

मधेश सरकारले चालु आर्थिक वर्ष २०७९-८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो । संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरेपछि बजेटको आकार घट्न लागको सचिव भट्टराईको भनाइ छ। दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको प्रभावकारी परिचालनमा बजेट केन्द्रित हुने मधेश सरकारको भनाइ छ।

मधेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २६ जेठमा प्रदेशसभाबाट पारित भइसकेको छ। नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनमा जोड दिइएक छ ।

कक्षा १२ मा पढ्ने छोरीलाई मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत ल्यापटप वितरण, कक्षा ८ का छात्रालाई साइकल वितरण, मुख्यमन्त्री स्वच्छता कार्यक्रमजस्ता विगतकै कार्यक्रम यसपटक पनि दोहोरिएका छन्। तर नीति तथा कार्यक्रममा रहेका कार्यक्रममै बजेट विनियोजन हुने वा नहुने आशंका छ। सरकारले २५ लाखभन्दा कमको योजना नल्याउने दाबी गरेको छ।

सांसदको योजनामा बजेट

मधेश सरकारले निर्वाचन क्षेत्रका योजनामा खर्च गर्ने गरी प्रदेशसभा सदस्यलाई बजेट दिने तयारी गरेको छ। मधेशमा आर्थिक वर्ष २०७६-७७ देखि प्रदेशसभा सदस्यका लागि रकम विनियोजन सुरु भएको थियो। त्यसयता यो कार्यक्रमले बजेटमा निरन्तरता पाउँदै आएको छ।

प्रत्यक्ष निर्वाचितलाई तीन करोड र समानुपातिक पद्धतिबाट निर्वाचितलाई एक करोड रुपैयाँ बजेट छुट्याउन लागिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ। नीति तथा कार्यक्रममा पनि संसदीय विकास कोषलाई निरन्तरता दिइने उल्लेख गरिएको थियो।

मधेश प्रदेशमा ६४ जना प्रत्यक्ष निर्वाचित र ४३ जना समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित छन्। उनीहरुका योजनामा बजेट दिने गरी २ अर्ब ३५ करोड रूपैयाँ विनियोजन गर्न लागिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।