May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:३५
‘नागरिक सरकार’ गठन गरी दुर्गा प्रसाईं गाउँगाउँ र वडा वडामा जाने
  •  ‘नागरिक सरकार’ गठन गर्ने दुर्गा प्रसाईंको घोषणा
  • आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय
  • अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने माग 

काठमाडौं ।।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँगाउँ, वडादेखि आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंको वसन्तपुरमा ज्ञानेन्द्र शाहको हातबाट बालेर वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रसहित परिवर्तनको घोषणा गर्ने बताए । महाभियानको दबाबमूलक कार्यक्रम आफूहरूका माग पूरा गराउन सरकारको ध्यानाकर्षणका निम्ति भएको उनले उल्लेख गरे ।

उनले आफूहरूको यसअघिको आन्दोलन निकै सफल भएको बताए । अबको आन्दोलन विकेन्द्रित हुने उनको भनाइ छ । बैंक तथा लघुवित्त र बिमा कम्पनी राष्ट्रियकरण, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने, अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता, प्रदेश संरचना खारेजलगायत माग आफूहरूका रहेको उनले बताए ।

 

 

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।