May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालकृष्ण खाँण प्रधानमन्त्री हुने मान्छे हो : वकिल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १५:४0
बालकृष्ण खाँण प्रधानमन्त्री हुने मान्छे हो : वकिल

काठमाडौं ।।

  • खाँणका कानुन व्यवसायीहरुले बालकृष्णलाई प्रधानमन्त्री हुने सम्भावना रहेको बताए 
  • बालकृष्ण खाँणको चरित्र हत्या भएको दाबी
  • बालकृष्ण खाँणमाथि एक करोड २६ लाखको अभियोग झुटो 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस भइरहेको छ । बुधबार खाँणको तर्फबाट

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतले बहस गरे । उनीहरुले खाँणमाथि लगाएको अभियोगको औचित्यमाथि नै प्रश्न गरेका छन् । वरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाएका छन् ।

पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ । पाण्डेले पनि बयानमा यो आफूले लेखेको स्वीकार गरेका छन्, तर पक्राउ पूर्जी जारी भएपछि हतास भावमा डायरीमा मात्र लेखेको दाबी गरेका छन् ।

बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’ उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्याएर  सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’

खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए ? सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’ अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’

उनीभन्दा अगाडि बहस गरेका पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले ठगीको आरोपमा बयान गराएर सरकारी कागजात कीर्ते गरिएको मुद्दा चलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरो पक्षलाई जुन विषयमा बयान लिइएको छैन, त्यसैमा अभियोजन गर्न मिल्छ ?’

उनले ठगीको आरोपमा जाहेरीकर्ता र आरोपितबीच मेलमिलाप भएमा मिलापत्र समेत हुने अवस्था भएको भन्दै त्यसलाई समेत निषेध गर्न अरु अभियोगमा तानिएको बताए । बालकृष्ण खाँणमाथि एक करोड २६ लाख लिएको अभियोग लागेपनि कुनैपनि पक्षले रकम बुझाएको नस्वीकारेको भन्दै उनले भने, ‘प्रमाणविना पनि अभियोग हुन्छ ?’

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले दुई व्यक्तिबीचको संवादमा आधारित भएर तेस्रो व्यक्ति (बालकृष्ण खाँण) माथि अभियोग चलेको भन्दै त्यसको औचित्यमा प्रश्न गरे । सञ्चारमाध्यमहरुमा कागज चपाएको आरोप लागेको तर यथार्थ त्यो नभएको उनको जिकिर थियो । बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट कागज बरामद भएको भन्दै उनले त्यही दिन किन खानतलासी नगरेको भनी प्रश्न गरे ।

शरणार्थीसम्बन्धी सरकारी अध्ययन प्रतिवेदन र पत्राचारहरुमा भुटानी शरणार्थीलाई अमेरिका पठाउने भनी उल्लेख नभएको भन्दै उनले गृहमन्त्रालयका चारजना कर्मचारीहरुलाई त्रासमा पारेर खाँणविरुद्ध बयान गराइएको आरोप लगाए । चार वर्ष जिल्ला प्रशासन कार्यालय झापामा बसेका कर्मचारीको सरुवा हुँदा समेत नक्कली शरणार्थीको प्रकरणसँग मुछेर खाँणलाई जोड्ने काम भएको बताए ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट