April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

किसानले गरे आफ्नो छोराको अनौठो ढङ्गले विवाह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १0:४६
किसानले गरे आफ्नो छोराको अनौठो ढङ्गले विवाह

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् ।

आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए ।

अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए ।

“मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराको लागि ५१ वटा ल्याएँ,”आफ्नो परिवारको मुख्य पेशा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन् ।

बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारी साधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए । शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए ।

कन्या पक्षका मानिस दुलहा स्वयमले् ट्याक्टर लिएर आएको खबर दुलही ममताको गाउँमा फैलिएपछि आश्चर्यचकित धेरै गाउँले प्रकाश र ट्याक्टरमा आएका उनका जन्तीलाई हेर्न धुइरिएका थिए । प्रकाशका पितासँग ३० वटा ट्याक्टर भएकाले जन्ती जान अरु सवारी साधनको जोहो नगर्ने बरु छिमेकी किसानका ट्याक्टर पनि माग्ने निर्णय गरेर थप २१ वटा ट्याक्टरमा जन्ती व्यवस्थापन गरिएको उनले बताएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।