May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

म राजनीतिमा हात हाल्दिनँ : राष्ट्रपति पौडेल

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२४
म राजनीतिमा हात हाल्दिनँ  : राष्ट्रपति पौडेल
  • निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ
  • निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’

 तनहुँ ।।

‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने । उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए । करिब ७५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो मानिएको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो । करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छन् ।

चारतले भवनको भुइँतलामा पार्किङ,  दोस्रो तलामा स्टेज,  तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलो पटक गृहजिल्ला तनहुँ आएका उनले  व्यास नगरपालिका-३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।

‘म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्दा बारे सचेत गराउँछु’ उनले भने । राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए । राष्ट्रपति  पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।

‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने । उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए ।

करिब ७५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो मानिएको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो । करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छन् ।चारतले भवनको भुइँतलामा पार्किङ,  दोस्रो तलामा स्टेज,  तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।