काठमाडौं ।।
सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए । त्यस्तो कार्य बन्द गर्न उनले आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको उनको भनाइ छ ।स्वतन्त्र सांसद सिंहले नयाँ बजेट चारजना मिलेर लुटेको टिप्पणी पनि गरे ।