May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

काठमाडौं महानगरभित्र क्रिसमस ट्रि प्रयोग गर्न नपाइने

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:२७
काठमाडौं महानगरभित्र क्रिसमस ट्रि प्रयोग गर्न नपाइने
  •  प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न काठमाडौं महानगरले रोक्यो 
  • सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटायो 
  • वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा कडाइ

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ । हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ ।

क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ । प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट