July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चोरलाई संरक्षण गरियो : सांसद आले

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:५४
चोरलाई संरक्षण गरियो : सांसद आले

काठमाडौं ।।

  • अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो पटक पशुपतिनाथमा छिरेको’ बताए
  • पहिलोपटक २०७९ माघ १४ गते तार काटियो
  • प्रतिवेदनले सत्यतथ्य पत्ता लागेपनि 
  • तार काट्ने मुसालाई नसमातिएको
  • चोरलाई संरक्षण गरियो
  • “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ
  • मन्त्री मस्त निद्रामा रहेको

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो पटक पशुपतिनाथमा छिरेको’ बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । “गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ ।

पहिलोपटक २०७९ माघ १४ गते तार काटियो,” पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले भने, “परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो ।

प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।” तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । “तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,” आले भन्छन् ।

उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।” पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्री मस्त निद्रामा रहेको उनको टिप्पणी छ ।

सो कोषअन्तर्गत गोठाटारको ५३५ रोपनीमध्ये ५०४ मात्र हाल साविक गरिएको आरोप उनले लगाए । ३१ रोपनी जग्गा हडपिएको प्रतिवेदन बाहिर ल्याउनेलाई स्पष्टीकरण सोधिएको उनले बताए । नेपाल वायुसेवा निगमले तीन महिनामा नाफा कमाएको भनेर झुट बोलेको उनको भनाइ छ । उनले निगमको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराउन समेत माग गरे ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्