May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

गण्डकीको स्वास्थ्य सम्बन्धी बजेट विनियोजन यस्तो

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १६:५५
गण्डकीको स्वास्थ्य सम्बन्धी बजेट विनियोजन यस्तो

काठमाडौं ।।

  • १० मुनिका बालबालिका र ६० वर्षमाथिका नागरिकलाई उपचार निशुल्क हुने
  • डायलासिस सेवाको लागी ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन 
  • क्यान्सरको उपचारबाट टेवा पुर्याउन सरकारले ५ करोड बिनियोजन
  • मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा १३ करोड रुपैयाँ विनियोजन

१० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको हो ।

डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्यामा झार्न र डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ ।

शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।निमोनिया स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ ।

सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ । आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पुर्याउन सरकारले ५ करोड बिनियोजन गरेको छ ।

मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा १३ करोड रुपैयाँ विनियोजन भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।