April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सप्तरीमा स्वास्थ्य सहसंयोजकनै लागुअ‍ौषधसहित पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:१५
सप्तरीमा स्वास्थ्य सहसंयोजकनै लागुअ‍ौषधसहित पक्राउ

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुअ‍ौषधसहित पक्राउ गरेको छ ।

नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का सह संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताउनुभयो ।

त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।