sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0५
नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै

गत पुसमा भएको बोलपत्रअनुसार संयुक्त उपक्रमको कम्पनीले संसद भवनको इन्टेरियर सजाउने गर्नेदेखि टेबल, कुर्सी, सोफासहितका फर्निचर तथा अडियो/भिडियो र सेक्युरिटी सिस्टम जोड्ने ठेक्का पाएका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जन यो ठेक्का अन्तरगत संसद भवनभित्रको साजसज्जादेखि साउन्ड तथा सेक्युरिटी प्रणालीको सफ्टवेयर र हार्डवेयर जडानको काम हुने छ ।

‘यो काम सकिंदा संसद भवन बैठक बस्न योग्य हुनेछ,’ उनले भने, ‘अब संसद भवनको निर्माणसँगै सकिएका भागमा इन्टेरियर तयार गर्ने काम हुनेछ ।’

यसअघि भवन मात्रै बनाउने गरी ठेक्का लागेको थियो । इन्टेरियरको काम सक्न करिब एक वर्ष र अन्य सिस्टम जडानको काम सक्न करिब ६ महिनाजति समय लाग्ने अनुमान छ । तर, भवन नै तयार नभएकाले इन्टेरियरको काम सुरु गरिहाल्न समेत समस्या छ ।

तत्कालीन सरकारले छिटो डिजाइन सकेर शिलान्यासको वातावरण बनाउन दबाब दिएकाले सबै पक्षको डिजाइन नसकी भवनको मात्रै ठेक्का लगाइएको शहरी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘भवन निर्माण र इन्टेरियरको काम एउटै प्याकेजमा राखेर ठेक्का लगाएको भए लागत घट्थ्यो, सिभिल र इन्टेरियरको काम एक अर्कासँग अन्तरसम्बन्धित हुने भएकाले उसैले समय र तालिका व्यवस्थापन गरेर काम गर्थ्यो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले एउटै भवनको काममा अर्को ठेक्का लगाउनुपर्‍यो ।’

‘तुँदी सेक ज्वाइन्ट भेन्चर’ले संसद भवन बनाइरहेको छ । १ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्याश गरेका थिए । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असारसम्म संसद भवन निर्माणको काम सकिनुपर्ने हो ।

तर, नसकिने पक्कापक्की छ । ‘आगामी आर्थिक वर्षमा हामी संसद भवन निर्माण गरिसक्छौं,’ महर्जन भन्छन्, ‘अहिले छाना छाउनेसहित संवेदनशील र जटिल मानिएका कामहरु भइरहेका छन् ।’

अहिलेसम्म संसद भवन निर्माणको काम ६० प्रतिशत मात्रै सकिएको छ । यसले वर्षमा १५ करोड भाडा तिरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै संघीय कहिलेबाट सिंहदरबारको आफ्नै भवनमा सर्न पाउँछ भन्ने पनि अनिश्चित बनेको छ ।

संघीय संसदको भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो ।

कोराना महामारीको समयमा निर्माण व्यवसायीको ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुर्‍याइएको थियो । तर यो अवधिमा पनि संघीय संसदको भवन तयार नहुने भएपछि असारसम्म म्याद थपिएको छ ।

निर्देशक महर्जन काम सन्तोषजनक गतिमा नभएको बताउँछन् । ‘हामीले ठेकेदार कम्पनीलाई घच्घचाइरहेका छौं,’ उनले भने, ‘अपेक्षित गतिमा काम भएको छैन ।’

संघीय संसदको आफ्नै बैठकस्थल नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर त्यसमै बैठक सञ्चालन हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवनको रुपमा चिनिँदै आएको छ ।

हाल निर्माण भइरहेको संघीय संसदमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक हल बन्दैछ । सभाहलमा ४०० र बालकोनीमा ३०० सिट क्षमता हुनेछ । यस्तै राष्ट्रियसभा हलमा ९० र बालकोनीमा २०० गरी २९० सिट क्षमताको हल तयार हुनेछ ।

३५० सिट अट्ने संयुक्त लबि हुनेछ । साना ठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक कक्ष बनाइँदैछ । प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिंदैछ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हल पनि हुनेछ । संघीय संसद परिसरमा पुस्तकालय र क्यान्टिन समेत तयार हुँदैछ ।

प्रेस र छपाइ भवनसहित ७ सयवटा सवारीसाधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीको भवनहरु पनि बन्दैछन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र पनि तयार गरिने छ ।

यी भवनसहित पूर्वाधारको साजसज्जाको काम नयाँ ठेक्कामार्फत गरिनेछ ।

गत १८ जेठमा सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । निर्माणाधीन संसद भवनको निरीक्षण गर्दै उनले ठेक्कामा प्राप्त समयको हिसावले काम कम भएको उनको भनाइ थियो । ‘समयको हिसावले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै,’ उनले भनेका थिए । सभामुखले निर्माणस्थलमै पुगेर निर्धारित समयभित्रै निर्माण सक्न भनेपनि आयोजनाको काम गति अहिले पनि सुस्त नै छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid