April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार निरीक्षण गर्दै प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १२:३७
भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार निरीक्षण गर्दै प्रधानमन्त्री
  • सिंहदरबारको निरीक्षणमा निस्किए प्रधानमन्त्री
  • भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम मोहोडा पुनर्निर्माण गर्ने
  • पुनर्निर्माणमा संलग्न कम्पनीसँग छलफल हुने 
  • अब हामी द्रूत गतिमा काम गर्छौं
  • ३ महिनाभित्र काम सक्ने गरी अघि बढ्न निर्देशन

 काठमाडौं ।।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबल सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको सिंहदरबारको निरीक्षणमा निस्किए । सिंहदरबार छिरेको करिब ८ महिनापछि प्रधानमन्त्रीले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम मोहोडा पुनर्निर्माणको काममा भइरहेको ढिलाइप्रति चासो देखाएका थिए ।

प्रबलीकरण भइरहेको सिंहदरबारको पश्चिमतर्फका स्टेट हल र बेलायती कक्ष सहितका भागमा प्रधानमन्त्रीले निरीक्षण गरेका छन् । प्रधानमन्त्रीसँग शहरी विकास मन्त्री सीता गुरुङ, मुख्यसचिव बैकुण्ठ अर्याल, शहरी विकास सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि सहभागी थिए । निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणमा संलग्न कम्पनीसँग छलफल गरेका थिए ।

प्रबलीकरणपछि सो भागमा देखिने बाहिरी र भित्री कक्षहरुको ‘एनिमेशन भिडियो’ समेत प्रधानमन्त्रीले हेरे । परियोजनामा संलग्न इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई छिटो काम सक्नेतर्फ ध्यान दिन निर्देशन पनि दिए । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार गौरी शर्मा एण्ड न्यु टेक्निकल जेभी मार्फत २०७६ सालदेखि यी कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो ।

विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारी प्रधानमन्त्रीसँग सिंहदरबारको पश्चिमतर्फको भागको इन्टेरियर व्यवस्थापन, पोखरीको पुनर्निर्माण, लाइटिङ, पश्चिम मोहोडामा लिफ्ट तथा शौचालयहरु निर्माण गर्न प्रस्ताव गरिएको बताए ।

‘उहाँले ३ महिनाभित्र काम सक्ने गरी अघि बढ्न निर्देशन दिनुभयो, विज्ञहरुले खरिद प्रक्रियाका कारण कम्तीमा ६ महिना समय लाग्ने जानकारी दिनुभएको छ’ अधिकारीले भने, ‘अब हामी द्रूत गतिमा काम गर्छौं ।’

दुई वर्षभित्र सक्ने गरी लगाइएको यो काम ४ वर्षसम्म सकिएको छैन । यी चार वर्षमा तीन जना प्रधानमन्त्री अर्थात् केपी ओली, शेरबहादुर देउवा तथा हाल पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नेतृत्व सम्हालिसकेका छन् । प्रधानमन्त्रीहरुकै पदीय प्रतिष्ठासँग समेत जोडिएका स्टेट हल र बेलायती कक्ष अहिलेसम्म उपेक्षामा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र पुनर्निर्माणका चरणमा रहेका स्टेट हल र बेलायती कक्ष सहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । भविष्यमा प्रधानमन्त्रीले नै प्रयोग गर्ने तय भएको कार्यकक्षदेखि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्नेसम्मका ऐतिहासिक कक्षहरुको पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ ।

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।

तर, त्यही मूल भवनको पश्चिम मोहोडामा पुनर्निर्माण अपुरै हुँदा समेत सरकारले पर्याप्त ध्यान दिएको अवस्था छैन । यही पश्चिम मोहोडामा नै प्रधानमन्त्रीले प्रयोग गर्ने कक्षहरु सार्ने योजना छ । यी आलिसान र विलासी कक्षहरु विगतमा नेपालका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए । सिंहदरबारको मूल भवनभित्रका सबै कक्षहरु कहिलेसम्म प्रयोगमा आउँछन् भन्ने टुंगो छैन ।

सिंहदरबारको पश्चिम मोहोडा वि.सं. २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो । तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्मका कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने योजना समेत छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।