sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिकालाई होइन आफैँलाई बचाउन ट्रम्पको चुनावी अभियान

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0८
अमेरिकालाई होइन आफैँलाई बचाउन ट्रम्पको चुनावी अभियान

अमेरिकी नागरिकका जटिल मुद्दालाई सम्बोधन गर्नुपर्ने चुनावी अभियानलाई उनले आफूमाथि लागेको फौजदारी अभियोगको प्रतिक्षा गर्ने थलो बनाउने गरेका छन् ।

फौजदारी अभियोग लागेका पहिलो पूर्व राष्ट्रपति ट्रम्प गत साता मियामीस्थित क्लबमा पुगे । ह्पाप्पी बर्थडे गीत गाएर र आफ्ना समर्थकको प्रशंसामा उत्रिए ।

त्यसपछि न्युजर्सीकफ गल्फ क्लबमा पुगेर आफ्नो बचाउ गरे । दुई पटक महाअभियोग खेपेका र संघीय अदालतमा ३७ वटा मुद्दा खेपिरहेका उनले आफू निरंकुश सरकारको शिकार भएको दाबी गरे ।

‘अहिले हामीले मुलुकमा शक्तिको चरम दुरूपयोग र निकै खराब सरकारको समाना गरिरहेका छौं । भ्रष्ट राष्ट्रपतिले प्रतिपक्षीलाई दमन गरिरहेका छन् । झुटो मुद्दामा दुख दिइरहेका छन् । राष्ट्रपतीय निर्वाचनको संघारमा म माथि साँधिएको प्रतिशोधले पूर्व राष्ट्रपति सहित वर्तमान राष्ट्रपति लज्जित हुनेछन् र वर्तमान राष्ट्रपति चुनावमा नराम्रोसँग पराजित हुनेछन्,’ ट्रम्प कड्किए ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन प्रभावित पार्न खोजेका ट्रम्पले बाइडेनलाई मुलुकलाई फाँसीवादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाए ।

गोप्य दस्तावेज अमेरिकी सरकारको सम्पत्ति रहेकाले त्यसलाई राख्ने अधिकार आफूसँग रहेको भन्दै आफ्नो बचाउ गरे । उनका अभिव्यक्ति अमेरिकी इतिहासमै विडम्बनापूर्ण छ । विभाजनकारी तमाशा मच्याएका ट्रम्पले फौजदारी अभियोगमा आफू दोषी नरहेको विन्ती गरिरहेका छन् । तर अदालतले उनी दोषी प्रमाणित गर्ने अधिक सम्भावना छ ।

ट्रम्पका एकपछि अर्को विवादास्पद अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कानुनको अवहेलनालाई उनी सहजनै मान्छन् । आफूले सिर्जना गरेको परिस्थितिको गाम्भिर्यतालाई वेवास्ता गर्दै उनले फेरि आफ्नो व्यक्तिगत र राजनीतिको महत्वांकाक्षालाई अघि सारे ।

राजनीतिक र व्यक्तिगत स्वार्थका लागि उनले मुलुकको आन्तरिक तथा आणविक सुरक्षा तथा सैन्य रणनीति समक्ष गोप्य कागजातको संवेदशनशीलताप्रति उनले मजाक उडाए ।

मुलुकका गोप्य कागजातप्रति असंवेदनशील ट्रम्पले अहिले आफू राजनीतिक शिकार भएको भन्दै आफ्नो जबरजस्त बचाउ गरिरहेका छन् ।

‘हाम्रो सरकार लगाम बाहिर जन खोजेको छ । हामीले यस्तो सरकार पायौँ जो नियन्त्रण बाहिर जाँदैछ,’ ट्रम्पले भने ।

आफूविरुद्धको फौजदारी अभियोगमा निर्मम अनुसन्धान गरिरहेको राज्य संयन्त्रलाई बदनाम गर्न ट्रम्प लागिपरेका छन् । उनले हाल जेजति अभिव्यक्ति दिएका छन् त्यो उनको राजनीतिक रणनीतिमात्रै छैन । यो उनको चुनावी अभियानको रणनीतिनै बनेको देखिन्छ ।

ह्वाइटहाउसको यात्राका लागि ट्रम्पले राजनीतिक अभियान भन्दा पनि आफ्नो बचाउमा खर्चेका छन् । अदालतमा उनीविरूद्धको मुद्दा जारी छ । तर उनले राष्ट्रपतिको अख्तियारी लिएर फेक शक्तिशाली हुने महत्वकांक्षा पालिरहेका छन् ।

उनीमाथिका अभियोग पुष्टी भएमा ट्रम्प अमेरिकी इतिहासकै हाइप्रोफाइ अपराधी हुनेछन् र उनी जेल चलान हुनेछन् । ‘ट्रम्प अमेरिकालाई बचाउन होइन आफूलाई बचाउन र न्यायिक प्रणालीलाई ध्वस्त पार्नका लागि चुनाव लड्दैछन्,’ राजनीतिक मामिला सम्बन्धी टिप्पणीकार मान जोश भन्छन् ।

अदालतको फैसला ट्रम्प स्वयं र उनका विरोधीका लागि महत्वपूर्ण छ । योसँगै ३ वटा राष्ट्रपतीय निर्वाचन अनुसन्धानको घेरा र आरोपको समाना गरिरहेकै केन्द्रविन्दुमा हुन्छ ।

सन् २०१६ मा हिलारी क्लिन्टन विवादित थिइन् । सन् २०२० मा ट्रम्प स्वयंमलाई धाँधली गरेको आरोप लाग्यो । यदि सन् २०२४ मा रिपब्लिकनबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवार भएमा अर्को कार्यकालसम्म आपराधिक क्रियाकलाप बढ्नसक्छ । यसले लोकतन्त्रको विश्वसनियताप्रति गम्भीर प्रश्न खडा गर्नेछ ।

ट्रम्पले आफ्नो दलको प्रमुख नेताहरूलाई आफ्नो प्रतिरक्षामा उतारेका छन् । उदाहरणका लागि सभामुख केभिन क्यार्थीले ट्रम्पमाथिको अनुसन्धान राजनीति प्रतिशोध भनिदिए ।

तर ट्रम्पविरोधी स्वर पनि पार्टीमा सुनिन्छन् । दक्षिण क्यारोलिनकाकी पूर्व गर्भनर निक्की हेलीले ट्रम्पविरूद्धको अभियोग सही रहेको बताउँदै अएकी छिन् । उनी पनि ह्वाइटहाउस जानका लागि पार्टीभित्रको प्राइमरी चुनाव समाना गर्ने तयारी गरिरहेकी छिन् ।

यता पूर्व उपरराष्ट्रपति माइक पेन्सले पनि ट्रम्पका अभियोगको बचाउ गर्न नसकिने बताएका छन् । प्राइमरी चुनावमा ट्रम्पविरूद्ध उनलेनै पहिलो उम्मेदवारी दिएका थिए ।

पार्टीभित्रै विरोधी स्वर बढ्दै जानु र अदालतको फैसला विचाराधीन रहेको अवस्थामा २०२४ को निर्वाचन ट्रम्पको लागि जटिल छ ।

जटिलताकाबीच उनले अभियान जारी राखेका छन् । कानुनविरोधी गतिविधि गरेकोमा उनलाई कुनै पश्चताप र हिनताबोध देखिँदैनन् । उनी राज्यले आफूविरूद्ध षडयन्त्र गरेको देखिरहेका छन् ।

यदि अदालतले ट्रम्पले राज्यविरूद्ध षड्यन्त्र गरेको पुष्टी गरेमा उनी हिरासतमा जानेछन् । ट्म्प अचेल अदालतको कठघरामा बयान दिएको निमेसमै जनतामाझ पुग्छन् र सबै अभियोगको प्रतिरक्षा त्यहाँ पनि गर्छन् । ट्रम्प यसपटक अमेरिकालाई बचाउन नभएर आफैँलाई बचाउनका लागि चुनावी अभियान केन्द्रित गरिरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid