May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

मेयर बालेन साहले नागरिक उड्डयनलाई स्पष्टीकरण दिनुपर्ने

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १६:२५
मेयर बालेन साहले नागरिक उड्डयनलाई स्पष्टीकरण दिनुपर्ने

काठमाडौं ।।

  • नेपाल नागरिक उड्डयन प्राधिकरणले मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ
  • विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवन निर्माण रोकेको
  • निर्माण रोक्नुअघि महानगरले कुनै जानकारीसमेत नदिएको
  • मेयर बालेनलाई ५० हजारसम्म जरिवना हुन सक्ने  

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएकोबारे स्पष्टीकरण माग गरेको हो ।

प्राधिकरणले काठमाडौं-९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेको थियो । महानगरको टोललीले प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो ।

प्राधिकरणले निर्माण रोक्नुअघि महानगरले कुनै जानकारीसमेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

तार काटेर फेन्सिङ लैजाने कार्यमा मेयर बालेन पनि प्रत्यक्ष संलग्न रहेको भन्दै प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने हो रु भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ । यसअनुासर कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिवना पर्नसक्छ ।

उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।
प्राधिकरणले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।