काठमाडौं ।।
राष्ट्रिय अनुसन्धान विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले विभागको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक साता फारम भर्न सकिनेछ ।