April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै बैठक बस्न सभामुखको आह्वान

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १0:३३
बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै बैठक बस्न सभामुखको आह्वान
  • प्रधानमन्त्री र अध्यक्ष केपी शर्मा ओलीलाई सभामुखको फोन
  • कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
  • आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने

काठमाडौं ।।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित टेलिफोन संवाद गरेका छन् । आज बिहान उनले नेताद्वयलाई फोन गरेका हुन् ।

त्यसक्रमा उनले निरन्तर संसद् बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ । “सम्माननीयज्यूले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो,” सचिवालयले भनेको छ ।

त्यसपछि सभामुख घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बेलाएका छन् । आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।

संसद्को अवरोध अन्त्य गर्ने विषयमा हिजो पनि सभामुखले प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।