May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो

५ सभापतिमा, ३ नेतृत्व महिलाको

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:४४
५ सभापतिमा, ३ नेतृत्व महिलाको

जनकपुरधाम ।।

मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ ।

  • सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन
  • जसपाका शारदा शंकरप्रसाद कलवार
  • लोसपाकी रुपा कुमारी यादव
  • अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र
  • माओवादी केन्द्रकी शारदा पहाडी

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक-एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् ।

त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । जसमा कांग्रेस र एकीकृत समाजवादीमा पार्टीभित्र कसलाई बनाउने टुंगो नलाग्दा दुईवटा समितिमा सभापति यचन गर्न बाँकी छ । केही दिनभित्रै दुवै समितिले सभापति पाउने सचिव यादवले बताए । यसअघिल्लो कार्यकालमा एकवटा संसदीय समितिमा पनि महिला सहभागिता थिएनन् । यसपटक पाँचवटा समितिले सभापति पाउँदा तीनवटामा भने महिलाले नेतृत्व पाएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।