May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नेप्से दोहोरो अंकले घट्यो

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १५:४७
नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो ।९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ ।

यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो । लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो । सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ ।

१९६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो न्मरबमा छ । उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।सेयरमूल्य बढ्ने कम्पनीका दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन् ।

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिष्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।