April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको डिभाइडरमा ठोक्किएर स्कूल बसमा आगो लागेपछि…

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १0:२६
निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको डिभाइडरमा ठोक्किएर स्कूल बसमा आगो लागेपछि…

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ ।

विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कूल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए ।

आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिंग स्कूलको थियो ।

स्कूल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजट ड्यांकर ठोक्किदा आगो लागेको छ ।

आगो लागेर बस पूर्णरुपमा क्षतिग्रस्त बनेको स्कूल सञ्चालक चौधरीले बताए । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरबाहीले बसमा आगो लागेको उनको भनाई छ ।

बसमा एकैछिनमा आगो चारैतीर फैलिएको भिडिओमा देखिएको छ । आगो दनदनी बलिरहेको बेला प्रहरी र स्थानीयको भीड लागेको थियो । तर सबै मूकदर्शक बनिरहे ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।