May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

कोशीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० ११:५९
कोशीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हराइरहेका २८ जनाको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्वार र खोजीमा जुटेका छन् ।

पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको बताइएको छ । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य जारी रहेको बताए । तर, दुई दिन नाघिसकेकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना समेत न्यून रहेको बताइएको छ ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

शनिबार रातिदेखिको अविरल वर्षापछि हिमाली र पहाडी जिल्लामा बाढी पहिरो गएपछिको उत्पन्न परिस्थिति मूल्यांकन गरी राहत तथा उद्धारको कार्य अघि बढाइने मन्त्रालयका प्रवक्ता तथ उपसचिव अर्जुन निरौलाले जानकारी दिए ।

उनले भने, ‘प्रदेश मन्त्रीस्तरीय छलफलपछि राहत तथा उद्धार कार्य अघि बढाउने तयारी भएको छ ।’

आइतबार कोशी प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी क्षतिको विवरण लिई राहत उद्धार शुरु गरिने निर्णय भएको निरौलाले बताए ।

आइतबार नै कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले बाढीपहिरो प्रभावित जिल्लाको हेलिकप्टरबाट अनुगमन गरेको थियो ।
बाढीका कारण मेचीराजमार्गअन्तर्गतका विभिन्न पुलमा क्षति पुगेको छ । यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न हाइड्रो पावर कम्पनीहरुको संरचनामा समेत क्षति पुगेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सबैभन्दा ठूलो क्षति संखुवासभामा भएको छ । बाढीले मोटरेवल, बेलिब्रिज र झोलुङ्गेसहित १३ वटा पुलहरू बगाएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।