July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

जनकपुरधाममा रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:0५
जनकपुरधाममा  रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब रकम बिनियोजन गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले जनकपुरधामको वडा नंं १४ रजौलमा बन्न लागेको रङ्गशालाको भौतिक अवस्थाको आज निरीक्षण गर्नुहुँदै रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने बताउनुभयो ।

उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामको भ्रमण गर्ने क्रममा भारत सरकारको तर्फबाट जनकपुरधामको विकासका लागि घोषणा गर्नुभएको १ अर्ब भारतीय रकम पनि यसै रङ्गशालाको निर्माणमा खर्च गरिने बताउनुभयो ।

मुख्यमन्त्री यादवले यस ठाउँमा यही चैत्र २० गतेदेखि हुन लागेको मेयर कपपछि मुख्यमन्त्री कप गराउनका लागि जिल्ला क्रिकेट सङ्घसँग सहकार्य गर्ने  बताउनुभयो । उहाँले प्रदेश सरकारले यस रङ्गशालालाई प्रदेशको गौरवको योजनाको रुपमा बढाउन तयार रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको क्रममा घोषणा भएको १ अर्ब भारतीय रकम ल्याउन उपमहानगरपालिकाले तीनै सरकारसँग समन्वय एवं सहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले उक्त रकम जनकपुरधाममा बन्न लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणमा नै खर्च गर्न सहयोग पुग्ने बताउनुभयो ।

गुठी संस्थानबाट राष्ट्रिय खेलकुद परिषद्ले १७ विगाह जग्गा लिजमा लिएको छ । अहिले सो ठाउँमा मेयर कप गराउनका लागि पूर्वाधारको निर्माण तीव्र रुपमा भइरहेको छ । खेलकुद परिषद् पनि केही पूर्वाधारको निर्माणको काम थालेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्