May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

धुलिखेलमा सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:३0
धुलिखेलमा सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु
  • २ दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु
  • न्यायाधीश र जिल्ला महान्यायाधिवक्ताहरूको सहभागिता
  • समस्या र समाधानका उपायबारे छलफल गरिने

काठमाडौं ।।

काभ्रेपलाञ्चोकको धुलिखेलमा वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । गोष्ठीमा वाग्मती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश र जिल्ला महान्यायाधिवक्ताहरूको सहभागिता छ । गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण रहेको बताए ।

बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्काे मुलुकमा हुन सक्ने अपराध र त्यसको न्यूनीकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्त्वपूर्ण हुने उनले उल्लेख गरे । गोष्ठीमा साइबर अपराध, अनुसन्धानका चुनौती, कानुन कार्यान्वयन, वाग्मती प्रदेशका जिल्लाहरूमा भएका अपराध र अनुसन्धानमा प्रगति तथा समस्या र समाधानका उपायबारे छलफल गरिने वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।