May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १६:३२
घोराही सिमेन्टको आईपीओमा ८५ लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’, फर्जीको आशंका

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको ८५ लाख कित्ता सेयरमा दिएको आवेदन ‘रिजेक्ट’ भएको छ । कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन ‘रिजेक्ट’ भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले जनाएको छ । जसमध्ये १० लाख कित्ता आवेदन दिएका ६ वटा आवेदनबाट मात्रै ६० लाख कित्ता सेयरको आवेदन ‘रिजेक्ट’ भएको स्रोतले अनलाइनखबरलाई बतायो । अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीहरुमा यति ठूलो सेयर संख्यामा आवेदन ‘रिजेक्ट’ भएको नदेखिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका एक अधिकारीले बताए ।

‘यति ठूलो संख्यामा सेयर रिजेक्ट हुनु सामान्य होइन,’ स्रोतले भन्यो, ‘कम्पनीको सेयरमा उच्च आकर्षण छ भनेर देखाउन फर्जी आवेदन हालिएको हो कि भन्ने आशंका छ । सही नियतले दिएको आवेदनमा यति ठूला मात्रामा रिजेक्ट हुँदैन ।’ सामान्यतया आवेदन गरेअनुरुप संख्यामा सेयरलाई थाम्ने पैसा आवेदकको खातामा रहेनछ भने आवेदन रिजेक्ट हुन्छ । त्यस्तै आवेदक स्वयंले पनि रिजेक्ट गर्नसक्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशीक रोजगारीमा रहेको नेपालीहरुलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि उक्त सेयर समेत थप गरेर कम्पनीले ३२ जेठबाट सर्वासाधारणका लागि निष्कासन खुला गरेको थियो । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर नै पूरा बिक्री नभएपछि कम्पनी दबाबमा परेको छ । ‘त्यही भएर नक्कली आवेदन दिएर माग भन्दा बढी आवेदन परिसकेको देखाउने प्रयास गरेको हो कि भन्ने आशंका छ,’ सीडीएससी स्रोतले बतायो ।

कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने आह्वानपत्रमा उल्लेख थियो । माथिल्लो सीमामा १० लाख कित्ताका दरले आवेदन दिएका ६ जनाले कम्पनीको सेयरमा आकर्षण छ भनेर देखाउन बैंक खातामा पर्याप्त रकमविना नै आवेदन दिएको हुनसक्ने स्रोतले बताएको छ ।

४ असारसम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा माग भन्दा दुई गुणा बढी आवेदन पर्दासमेत आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै आवेदन भेरिफाइ भइरहेकोले आवेदन दिने म्याद थप भएको बताएको छ । यससँगै अब सर्वसाधारणले घोराहीको आईपीओमा १४ असारसम्म आवेदन दिन सक्नेछन् । सो अगावै यथोचित संख्यामा प्रमाणित आवेदन आएमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार सोमबार बिहानसम्म कम्पनीका सेयरमा ५ लाख ७ हजार ९५४ आवेदकबाट २ करोड २४ लाख ९४ हजार ५८० कित्ता सेयरको लागि आवेदन परेको छ । ८५ लाख कित्ता सेयरको आवेदन रद्द हुँदासमेत उक्त आवेदन परेको सेयर माग गरेको सेयरको दुई गुण बढी हुन आउँछ । तर, पनि कम्पनीले आवेदन दिने म्याद थप गरेकाले कम्पनीका सेयरमा अरु पनि आवेदन रद्द हुने आशंका बिक्री प्रबन्धकले गरेको छ ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन पर्दासमेत आवेदन दिने अवधि थप भएपछि नेपाल धितोपत्र बोर्डले पनि छलफल गरिरहेको बोर्डको अध्यक्ष रमेश हमालले बताए । कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ता भ्रमित बनाउने गरी फर्जी आवेदन देखाएर सेयर बेच्ने प्रयास भएको रहेछ भने बोर्डले अध्ययन गरेर कारवाही गर्ने अध्यक्ष हमालले बताए ।

धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्रको कारोबारमा जालसाजी गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ९८ मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्यले कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा जालसाजी गरेको मानिने उल्लेख छ ।

यस्तै ऐनको दफा ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने व्यवस्था छ । कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिने उल्लेख छ ।

यदि यसरी जालसाजी गरेर धितोपत्र कारोबार गरेको पाइएमा ऐनको दफा १०१ को उपदफा ३ अनुसार १ लाख देखि ३ लाखसम्म जरिवाना वा दुई वर्षसमम कैद सजाय हुनसक्ने व्यवस्था छ । अथवा जरिवाना र कैद सजाय दुबै हुने व्यवस्था ऐनले गरेको छ । यदि त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनले गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै, सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट