May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० 0८:0८
राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच यस’दयगतमा त्रिपक्षीय छलफल भएको छ । बुधबार बिहान ठूला तीन दलका तीन नेताबीच छलफल भएपछि बुधबार दिउँसो नै सत्तारूढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भयो । तर, गठबन्धनमा कुनै ठोस सहमति नभएको बताइएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको बताउँदै बिहीबार बिहान पुनः छलफल हुने बताए ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै प्रचण्ड, देउवा र ओलीबीच पुनः दोस्रो चरणको छलफल भएको थियो । सोमबार र मंगलबार मा प्रचण्ड र ओलीबीच दुई पक्षीय छलफल भएको थियो । त्यसलगत्तै सो छलफलमा देउवा पनि सामेल भएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।