झापा, असार , ५ श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम नं 9 PCC 1M12
को 611=72 घन मिटर परीमाणको मुख्य पिलरको काम नै छुटाई संझौता गरेका उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अलपत्र अवस्थामा रहेको भ्यूटावरको निर्माण स्थल भ्यूटावरको निर्माणको संझौताको शर्तमा आगामी दिनमा सरकारवाट रकम प्राप्त भएमा उक्त आयोजना बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको उल्लेख गरिएको छ ।
मुख्य पिलरको काम नै छुटाई संझौता गरेको हुदा सो आईटममा मात्र रु १३९५३५२८६८ सम्झौता रकमको ३६.६५ प्रतिशत भेरीएसन समेत गर्नुपर्ने अवस्था देखिएको जनाएको छ । श्रोतको सुनिश्चित नगरी ठेका व्यवस्थापन गर्ने र त्रुटीपूर्ण डिपिआर गर्ने परामर्शदाता तथा डिजाइन वा लागत अनुमान चेक जाँच वा स्वीकृत गर्ने तथा डिटेल स्टेमेन्ट अनुसार नै संझौता नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाई नियम अनुसार वांकी निर्माण कार्य सम्पन्न गराउनुपर्ने देखिन्छ । यो भ्युटावर लामो समय देखि अलपत्र रहेको छ । यह ाबनेका संरचना कवाडी बन्दै गएका छन ।