April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:0४
भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली
  • भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र 
  • कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना पुछ्नु परेको थियो 
  • “यो सबै प्रतिपक्षलाई तर्साएको रहेछ 
  • गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो : ओली 

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गरिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफूनिकट पत्रकारलाई सोध्न लगाएर सरकारले कसलाई देखाउन खोजेको भन्दै प्रश्न गरे ।

“खोल्नुहोस् न फाइल । खुलेको फाइलको तपार्ईँहरुको यो छ हालत,” उनले भने, “ललितानिवासको फाइल खोलिन्छ, त्यो फाइल बन्द गर्न कति गाह्रो भयो है ? कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना आएको त्यतिबेला । रुमालले पुगेन, गम्छा लिएर पसिना पुछ्नु परेको थियो ।”

उनले सुन काण्डमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउने भनिए पनि आफ्नो मान्छे राख्नलाई चार सदस्यीय आयोग बनाइएको भन्दै आलोचना गरे । “यो सबै प्रतिपक्षलाई तर्साएको हो । मेरो नाममा बारीबारीमा बुख्याँचा राख्नुभएको छ । तपाईँको बुख्याचाले काम गर्दैन । गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो,” उनले भने ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।