May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

दसैंपछि मात्रै सेयर बजारबाट लगानीकर्ताले गुमाए ५८ अर्ब

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:४२
दसैंपछि मात्रै सेयर बजारबाट लगानीकर्ताले गुमाए ५८ अर्ब

काठमाडौं । बजार चलायमान बनाउन राष्ट्र बैंकले सेयर कर्जाको सीमा राष्ट्र बैंकले बढाए पनि त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । लगानीकर्तामा थप लगानी गर्ने मनोबल सिर्जना हुन नसक्दा दसैंयता बजार ४० अंकले घटेको छ । यो अवधिका जम्मा चार दिनमा मात्रै लगानीकर्ताले ५८ अर्ब गुमाएका छन् ।

दसैंअघि नेप्से परिसूचक १८ सय ९३ अंकमा थियो । दसैंपछिका ४ कारोबार दिनमा ३ दिन बजार घट्यो भने एक दिनमात्रै ३ अंकले बढ्यो । दसैंअघि दैनिक डेढदेखि २ अर्बको हाराहारीमा कारोबार हुने गरेकामा दसैंयताका कुनै पनि दिन कारोबार १ अर्ब पनि पुग्न सकेको छैन ।

बुधबार भएको कारोबारमा बजार ५ दशमलव आठ तीन अंकले घटेर नेप्सेसूचक १८ सय ५८ अंकमा सीमित भयो । राष्ट्र बैंकका प्रयासका बाबजुद पनि लगानीकर्ता अझै आश्वस्त हुन सकेका छैनन् । बरु, राष्ट्रबैंक अझै सेयरबजारप्रति नकारात्मक रहेको लगानीकर्तामा भय छ ।

बजारमा ५ खर्ब बराबरको तरलता हुँदा पनि लगानीकर्ताले सेयर किन्ने आाट गर्न सकेका छैनन् । बैकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जाको रुपमा लगानी गर्न सक्छन् । तर अहिले कर्जा निक्षेप अनुपात ८१ प्रतिशतमा छ । बैंकहरुले घटाइरहेको निक्षेपको ब्याजले अब कर्जाको ब्याज पनि सस्तिादै जाने देखिएको छ । आर्थिक मन्दीका कारण कम्पनीहरुको नाफामा आएको कमीले प्रतिफल प्राप्त गर्न नसकिने लगानीकर्ताको बुझाई छ ।

मन्दीका कारण अधिकांश व्यवसायीले राम्रो आम्दानी गर्न सकेका छैनन् भने त्यसको प्रत्यक्ष असर सेयरबजारमा समेत परेको छ । केही व्यवसायी त पलायन नै भइसकेका छन् । यसले गर्दा बजारमा सेयर खरिद गर्नेहरु बढ्न सकेका छैनन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।