मध्यविन्दु ।।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो । सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए ।चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रासस