May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:0२
इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति
  • शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने
  • पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख
  • वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउने

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् ।

त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नुपर्ने छैन । संस्थानले पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ रहेको अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार पु¥याउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन भएको थियो । विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले बढेको शुल्क फिर्ता लिई शुल्क पुनरावलोकनका लागि पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले भदौ २६ गते नै स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउन लगायतको तीन बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो ।

पुरानै शुल्कमा विद्यार्थी पढाउन नसक्ने भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखहरुले विज्ञप्ति निकालेका थिए । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो । लामो समयसम्म प्रवेश परीक्षा नलिएर विद्यार्थीलाई समस्यामा पार्न खोजिएको र क्याम्पस प्रमुखहरुले पुरानै शुल्कमा पढाउन नसक्ने भए स्ववियुलाई जिम्मा दिन भन्दै पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङका स्वतन्त्र विद्यार्थी युनियनले १६ असोजमा विज्ञप्ति जारी गरेर दबाब दिएका थिए । संस्थान अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस गरी पाँच आंगिक क्याम्पस र विभिन्न सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढाइ हुने गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।