sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यार्थीहरुलाई राहत सामग्री वितरण

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0५
विद्यार्थीहरुलाई राहत सामग्री वितरण

गौर । ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा ‘लू’ बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ । गत केही दिनदेखि बढेको अत्यधिक गर्मीबाट राहतका लागि विद्यालयमा अध्ययनरत एक हजार ३ सय विद्यार्थी तथा गर्मीमा काम गर्न नसकेर जीवनयापन गर्न गाह्रो भएका दुई सय ठेलावालालाई राहत सामग्री वितरण गरेको हो ।

युकेएड, स्टार्टफण्ड नेपाल तथा कतार च्यारीटीको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालले गौर नगरपालिका तथा यमुनामाई गाउँपालिकाकास्थित विद्यालयका विद्यार्थी तथा ठेलावालालाई उक्त सामग्री वितरण गरेका संस्थाका कार्यक्रम प्रबन्धक बालकृष्ण झाले बताउनुभयो ।

यमुनामाई गाउँपालिकाको जेठरहिया माविका ६ सय विद्यार्थी तथा गौर नपाका सबगढास्थित आधारभूत विद्यालय र गौर नपा वडा नं. १ स्थित आधारभूत विद्यालयका ७ सय विद्यार्थीलाई छाता, पानीको डिब्बा, डाबर, ग्लुकोज डी सयग्रामको दुई पिस तथा ओआरएस तीन पिसका दरले प्रत्येक विद्यार्थीलाई वितरण गरिएको ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले बताउनुभयो ।

यसैगरी गौर मावि र गौर नपा वडा नं. ९ सिर्सयास्थित विद्यालय र जेठरहयिा मावि गरी तीन वटा विद्यालयलाई वाटर कुलिङ्ग सिस्टम उपलब्ध गराइएको अध्यक्ष हुसैनले जानकारी दिनुभयो । त्यस्तै गर्मीका कारण काम गर्न गाह्रो भई दैनिक ज्यालादारी गर्ने गौर नपा तथा यमुनामाई गाउँपालिकाका दुई सय गरिब, मजदुर, रिक्सावाला, ठेलावालालाई चामल, दाल, नुन, तेल, सातु सोयाविन, आटा तथा झुल गरी दुई हजार दुई सय पचास मूल्य बराबरको खाद्यान्न सामग्री जनही वितरण गरिएको अध्यक्ष हुसैनले बताउनुभयो ।

विद्यार्थीलाई राहत सामग्री वितरण गर्नुहुँदै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले तातो हावा तथा लू बाट बच्न संस्थाले विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री उपलब्ध गराउनु सराहनीय कार्य रहेको बताउनुभयो । विद्यार्थीहरूलाई उपलब्ध गराइएको सामग्रीले उनीहरूको स्वास्थ्यको लागि सकारात्मक असर हुने विश्वास व्यक्त गर्नुहुँदै नगरप्रमुख साहले गरिब तथा दैनिक ठेला चलाएर जीवनयापन गर्ने ठेलावालाहरूलाई पनि सहज हुने बताउनुभयो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध गराइएको सामग्रीले उनीहरूलाई घरबाट विद्यालय आवतजावत गर्नमा तातो हावा तथा लू बाट जोगाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अत्यधिक गर्मीका कारण काम गर्न नसकी ठेलावालालाई जीवनयापन गर्न खाद्यान्नले घरपरिवार चलाउन सहज हुने बताउनुभयो ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid