April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

विद्यार्थीहरुलाई राहत सामग्री वितरण

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0५
विद्यार्थीहरुलाई राहत सामग्री वितरण

गौर । ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा ‘लू’ बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ । गत केही दिनदेखि बढेको अत्यधिक गर्मीबाट राहतका लागि विद्यालयमा अध्ययनरत एक हजार ३ सय विद्यार्थी तथा गर्मीमा काम गर्न नसकेर जीवनयापन गर्न गाह्रो भएका दुई सय ठेलावालालाई राहत सामग्री वितरण गरेको हो ।

युकेएड, स्टार्टफण्ड नेपाल तथा कतार च्यारीटीको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालले गौर नगरपालिका तथा यमुनामाई गाउँपालिकाकास्थित विद्यालयका विद्यार्थी तथा ठेलावालालाई उक्त सामग्री वितरण गरेका संस्थाका कार्यक्रम प्रबन्धक बालकृष्ण झाले बताउनुभयो ।

यमुनामाई गाउँपालिकाको जेठरहिया माविका ६ सय विद्यार्थी तथा गौर नपाका सबगढास्थित आधारभूत विद्यालय र गौर नपा वडा नं. १ स्थित आधारभूत विद्यालयका ७ सय विद्यार्थीलाई छाता, पानीको डिब्बा, डाबर, ग्लुकोज डी सयग्रामको दुई पिस तथा ओआरएस तीन पिसका दरले प्रत्येक विद्यार्थीलाई वितरण गरिएको ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले बताउनुभयो ।

यसैगरी गौर मावि र गौर नपा वडा नं. ९ सिर्सयास्थित विद्यालय र जेठरहयिा मावि गरी तीन वटा विद्यालयलाई वाटर कुलिङ्ग सिस्टम उपलब्ध गराइएको अध्यक्ष हुसैनले जानकारी दिनुभयो । त्यस्तै गर्मीका कारण काम गर्न गाह्रो भई दैनिक ज्यालादारी गर्ने गौर नपा तथा यमुनामाई गाउँपालिकाका दुई सय गरिब, मजदुर, रिक्सावाला, ठेलावालालाई चामल, दाल, नुन, तेल, सातु सोयाविन, आटा तथा झुल गरी दुई हजार दुई सय पचास मूल्य बराबरको खाद्यान्न सामग्री जनही वितरण गरिएको अध्यक्ष हुसैनले बताउनुभयो ।

विद्यार्थीलाई राहत सामग्री वितरण गर्नुहुँदै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले तातो हावा तथा लू बाट बच्न संस्थाले विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री उपलब्ध गराउनु सराहनीय कार्य रहेको बताउनुभयो । विद्यार्थीहरूलाई उपलब्ध गराइएको सामग्रीले उनीहरूको स्वास्थ्यको लागि सकारात्मक असर हुने विश्वास व्यक्त गर्नुहुँदै नगरप्रमुख साहले गरिब तथा दैनिक ठेला चलाएर जीवनयापन गर्ने ठेलावालाहरूलाई पनि सहज हुने बताउनुभयो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध गराइएको सामग्रीले उनीहरूलाई घरबाट विद्यालय आवतजावत गर्नमा तातो हावा तथा लू बाट जोगाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अत्यधिक गर्मीका कारण काम गर्न नसकी ठेलावालालाई जीवनयापन गर्न खाद्यान्नले घरपरिवार चलाउन सहज हुने बताउनुभयो ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।