May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

नसच्चिए भारतीय चलचित्र रोकौँ भन्दै  प्रमुख शाहद्वारा सञ्चार मन्त्रालयलाई पत्राचार

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० १0:१३
नसच्चिए भारतीय चलचित्र रोकौँ भन्दै  प्रमुख शाहद्वारा सञ्चार मन्त्रालयलाई पत्राचार
काठमाडौं- काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने सङ्रक्षण तोकेको उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहलमार्फत आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभएको छ ।

महानगरभित्र प्रदर्शनमा निषेध गरिए पनि देशकै अन्य क्षेत्र र विदेशमा प्रदर्शन भएमा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उहाँको ठहर छ ।

बिहीबार साँझ मात्र महानगर प्रमुख शाहले समाजिक सञ्जालमार्फत विवादित अंश सच्याउन तीन दिनको समय दिएको र नसच्चिए महानगरभित्र भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गर्नुभएको थियो ।

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।