May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गोलीकाण्डमा आबद्द थप एक जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १६:४५
गोलीकाण्डमा आबद्द थप एक जना पक्राउ

काठमाडौं ।।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

  •  एक जना धरानबाट पक्राउ
  • घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।
‘लामो समयदेखि सर्भिलेन्स गरिरहेका थियौं, २९ जेठमा उनी काठमाडौं आएका बेला पछ्याउँदै जाँदा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको थियो’, जोशीले भने, ‘हाल उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।’

उपचारमा भएकाले प्रहरीले अदालतबाट म्याद लिन पाएको छैन । औपचारिक बयान पनि भएको छैन । तर, अनौपचारिक सोधपुछका आधारमा प्रहरीले छानबिन जारी राखेको छ । त्यही क्रममा लागूऔषध कारोबारमा भगतका सहयोगीमाथि पनि प्रहरीले नजर राखेको छ । ‘भगतको लागूऔषध गिरोहका एक सदस्य रहेको खुलेपछि भजनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं’, जोशीले भने ।

धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि पिछा गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार भगत लागूऔषध लिएर आएको सूचना थियो ।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको अधिकृतहरु बताउँछन् । ‘त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो, उनको बयान लिएर थप नेक्ससबारे छानबिन जारी छ’, जोशी थप्छन् ।

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । त्यही पसलको आवरणमा उनले सञ्जाल नै खडा गरेर लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ ।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।