May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

१ वर्षमै यति धेरै काम बालेनको

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:२१
१ वर्षमै यति धेरै काम बालेनको

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा गरिएका मुख्य काम सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफ्ना घोषणापत्रमा समेटिएका जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ती जडान र फुटपाथ निर्माण लगायतका काम सार्वजनिक गरेका हुन् ।

  • बालेनको मुख्य काम सार्वजनिक
  • कार्य निरन्तर चलिरहने

सार्वजनिक जग्गा अनाधिकृत प्रयोग भईरहेको भन्ने गुनासोका आधारमा चालु आर्थिक वर्षमा महानगरभित्र एक सय २३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरिएको मेयर शाहले जानकारी दिएका छन् । ‘हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ ।’, उनले भनेका छन्, ‘यो कार्य निरन्तर चलिरहनेछ ।’

त्यस्तै, आफ्नो घोषणापत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रुपमा स्थिरता कायम राख्ने पार्कहरुको निर्माण गर्ने योजना उल्लेख गरेअनुसार एक वर्षमा २५ वटा नयाँ पार्कको निर्माण गरिएको मेयर शाहले बताएका छन् ।

योसँगै सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७ सय वटा स्मार्ट सडकबत्ती जडान गरेको समेत मेयर शाहले जनाएका छन् । त्यस्तै, पछिल्लो एक वर्षमा महानगरभित्र ४२ किलोमिटर सडक कालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण र १५ सय मिटर फुटपाथ निर्माण गरिएको मेयर शाहले जानकारी दिएका छन् ।

महानगरभित्र सार्वजनिक शौचालयहरु र सामुदायिक विद्यालय भवनहरु निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकास कार्यहरु पनि सम्पन्न भएको शाहको भनाई रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट