May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बाबुराम भट्टराईले पार्टीलाई समातेको पनि होइन , छोडेको पनि छैन : उपेन्द्र यादव

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १२:२९
बाबुराम भट्टराईले पार्टीलाई समातेको पनि होइन , छोडेको पनि छैन : उपेन्द्र यादव

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् ।

  • मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने
  • छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै देख्दिन 
  • बाबुरामजीको एक्लै हिँड्ने बानी छ

सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।

मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले अघि भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले मोर्चा बनाउन झण्डै एक वर्षदेखि भएको छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको बताए ।

‘बाबुराम भट्टराईले समातेको पनि होइन, छोडेको पनि होइन हामीले,’ कुनै छलफलमा नभएको भन्दै उनले हाँस्दै अघि, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भो कि जस्तो लाग्छ ।’

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।