May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

घाँटी रेटेर युवकको हत्या

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:0२
घाँटी रेटेर युवकको हत्या

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय   वाशुदेव जोशीको घाँटी रेटी हत्या भएको छ। घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको बताए। शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको परिवारले जनाएको छ।

हत्या गर्ने बताएका व्यक्तिका साथमा अन्य केहीसमेत संलग्न रहेको र घटना नियोजित रूपमा भएकाले दोषीमाथि कडा सजायकोे माग आफन्तले गरेका छन्।

मृतक जोशी गत चैत २९ गते एक महिलालाई कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय पुगेका थिए। कुटपिटको घटना गत फागुनतिर भएको र दुवै पक्षबीच पुनः विवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमति भएपछि घर फर्किएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।