May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

लागूऔषध कारोबारीको ट्रान्जिट पोइन्ट झापा, १४ महिनामा दुई किलो ब्राउनसुगर बरामद

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १९:४४
लागूऔषध कारोबारीको ट्रान्जिट पोइन्ट झापा, १४ महिनामा दुई किलो ब्राउनसुगर बरामद

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ । २०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न ३८० जना सो अवधिमा पक्राउ परेको डीएसपी खगेन्द्र रिजालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा ३४ महिला र ३४६ जना पुरुष रहेका छन् । नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ पुरुष पक्राउ परेको रिजालले जानकारी दिए । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट