April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

बाहिर जान्छु ३४-३५ जिल्लामा जनसंवाद गर्छु : गगन थापा

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:३0
बाहिर जान्छु ३४-३५ जिल्लामा जनसंवाद गर्छु : गगन थापा
  • ठूलो पार्टी नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित
  • कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने
  • अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको
  • कमजोरीलाई सच्याउने र ठीकलाई ठीक भन्न सक्नु पर्ने
  • भदौ १५ देखि काठमाडौं छोडेर बाहिर निस्कन्छु
  • ३५ दिनमा ३४-३५ जिल्लामा पुगेर जनसंवाद गर्छु

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अलमलिंदा समाज प्रभावित भएको बताएका छन् । अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उनले बताए । नेपाली समाजको निराशाको कारण पनि यही भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’ उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नु पर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ ।

कमजोरीलाई सच्याउने र ठीकलाई ठीक भन्न सक्नु पर्ने बताउँदै उनले पार्टीको केन्द्रीय समिति बैठक पनि बस्न नसकेको प्रति असन्तुष्टि जनाए ।

उनले अब पार्टीको नयाँ संरचना बनाउने बताउँदै त्यसका लागि काठमाडौं बाहिर निस्केर अध्ययन गर्ने बताए । ‘भदौ १५ देखि काठमाडौं छोडेर बाहिर निस्कन्छु,’ उनले भने, ‘३५ दिनमा ३४-३५ जिल्लामा पुगेर जनसंवाद गर्छु । तलका कुरा ल्याएर आउँछु ।’

 

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट