July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

क्लिनिकमा महानगरको ताला

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:0२
क्लिनिकमा महानगरको ताला
  • मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द
  • राम्रो ज्ञान नभएको मान्छे क्लिनिकका सञ्चालक

काठमाडौं ।।

काठमाडौं महानगरले मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द गराएको छ । डा.दिलजन मन्सुरले चलाउँदै आएको काठमाडौंको मैतिदेवीस्थित उक्त क्लिनिक मापदण्ड विपरित भएको भन्दै महानगरले बन्द गराएको हो ।

मधुमेह, उच्च रक्तचाप र थाइराइड रोगबाट पूर्ण रुपमा छुटकारा दिने भन्दै दाबी गर्दै आएको उक्त क्लिनिकमा अनुगमन गर्दा क्लिनिकका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेको फेला परेपछि क्लिनिक नै बन्द गर्नुपरेको महानगरले जनाएको छ ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

लो कार्ब डाइटका विषयमा पर्याप्त अध्ययन नभएको र यसले थप समस्या निम्त्याउने भन्दै धेरैले उक्त डाइटका विषयमा आलोचना समेत हुँदै आएको थियो । सोही अनुसार महानगरले  क्लिनिकमा अनुगमन गरेको हो । र मापदण्ड अनुसार नपाइएपछि क्लिनिक सिल गरिएको महानगरले जनाएको छ ।

यसो त क्लिनिकका सञ्चालक डा.मन्सुरलाई उनले दिँदै आएको सेवाका बारेमा उनी आफैलाई समेत राम्रो ज्ञान नभएको आरोप लागेको छ । यतिसम्म कि उनले पैसाका लागि आफ्नो विशेषज्ञता भन्दा बाहिरको विषयमा काम गर्ने गरेको समेत आरोप लागेको छ ।

तर, डा.मन्सुरले भने क्लिनिक बन्द गराइएकोप्रति आपत्ति जनाएका छन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागमा निवेदन दर्ता गराए पनि पटक पटक निरीक्षणका लागि अनुरोध गर्दा  पनि निरीक्षण नगरेको तर्क प्रस्तुत गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट