May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:४७
आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
  • माइतीघरमा आत्मदाहको प्रयास गरेका थिए 
  •  निरजकुमार कामतले वंशजको नागरिकता पाए
  • नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरिरहेका थिए 
  • नागरिकता लिनेहरुको संख्या बढेको छ

विराटनगर ।।

नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका – ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् ।

नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सोमबार उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बाेच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए । उनी नागरिकता पीडित संघर्ष समितिका उपाध्यक्षसमेत हुन् ।

निरजले नेपाली नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरेको बताए ।

निरजका हजुरबुवाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । हजुरआमाको वंशजकै नागरिकता थियो । राजमिस्त्री काम गर्ने बुबा किसुनदेवले पनि जन्मकै आधारमा नागरिकता पाएका थिए । उनकी आमा गुलाबदेवी चौधरीको भने वंशजको नागरिकता छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई सोमबारदेखि नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि नागरिकता लिन पुग्नेहरुको संख्या बढेको छ ।

उनीहरुलाई नागरिकता वितरण सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कोठा नम्बर १६ छुट्याएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट