May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:५८
सडक अवरोध गर्दै र्‍यापर गिरिश खतिवडालाई पक्राउ गर्नुपर्ने माग !

विराटनगर । र्‍यापर गिरिश खतिवडासहित उनको होटल जी क्याफे एण्ड विस्त्रोमा कार्यरत कर्मचारीलाई पक्राउ नगरेको भन्दै मोरङको रंगेली–विराटनगर सडक खण्ड अवरुद्ध पारिएको छ । मासु व्यवसायी कासिद अन्सारीको मृत्युमा होटलका सञ्चालकसहितले कसुर गरेको दावी गर्दै आफन्तले सडक अवरोध गरेर तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन् ।विराटनगर ८ मा र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा गत असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तले होटलमा गम्भीर घाईते भवितव्य नभई कर्तव्यबाट भएकोले मृत्यु भएको दावी गर्दै विरोध जनाउँदै आएका छन् । आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । त्यसको विरोधमा सोमबार कर्सियामा विरोध गरिएको छ ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्‍याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको बताइन्त । तर, आफन्तले भने सीमाले काटेको नभई तीनजााले कुटपिट गरेको दावी गर्दै आएका छन् । पीडित परिवारले क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउत समेतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

प्रहरीले भने घटनाको अनुसन्धान कायम राखेको छ । प्रहरीले यथेष्ट प्रमाण फेला नपर्दासम्म पीडित परिवारले भनेका भरमा कसैलाई नियन्त्रणमा लिन मानिरहेको छैन । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको थप कारवाही बढाउने भएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।