April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

यसरी बाँडेको यति मल केमा प्रयोग गर्ने किसान चिन्तामा !

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १२:३८
यसरी बाँडेको यति मल केमा प्रयोग गर्ने किसान चिन्तामा !
  • किसानहरु धानको ब्याड राख्न मलको खोजीमा
  • सात बोरा मललाई ६३ ठाउँमा भाग लगाएर बाँडिचुडी गरे
  • घोराही र बंगलाचुली क्षेत्रमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मलको माग छ

दाङ ।।

असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् ।

गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपु¥यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर सात बोरा मललाई ६३ ठाउँमा भाग लगाएर बाँडिचुडी गरे ।

‘पटकपटक धाउँदा पनि भनेजति मल आएन,’ कृषक आशाराम चौधरी भन्छन्, ‘सबैलाई नपुग्ने भएपछि सात बोरा मललाई ६३ ठाउँमा भाग लगायौं ।’ उनी भन्छन्, ‘त्यसरी बाँड्दा एक जनालाई पाँच केजी जति भाग पर्याे । त्यो मल एक छेउ पनि लागेन ।’

वडाध्यक्ष खोपीराम चौधरीका अनुसार गत शुक्रबार १४ गाउँका किसानलाई मल बाँड्दा एउटा गाउँलाई ७-७ बोरामात्र भाग परेको थियो । ‘अभाव भएका कारण धेरै मल आएनछ,’ उनले भने, ‘मल पर्याप्त नपाएपछि थोरै-थोरै भए पनि बाँड्नु पर्ने अवस्था आयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार ८ सांसदहरुका प्रश्नको जवाफ दिनेक्रममा यस वर्ष विगतको जस्तो मल अभाव नहुने बताएका थिए । तर राजपुरका किसानले त्रिपाल ओछ्याएर रासायनिक मल भाग लगाएको तस्वीर प्रधानमन्त्रीलाई नै गिज्याउने खालको थियो । उक्त फोटोले कृषिप्रधान देशका किसानहरुको दुःख देखाइरहेको थियो ।

वडा अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्विर दुःखी तुल्याउने खालको भएको बताए । ‘रोपाइँ सुरु भइसक्दा पनि किसानले मल नपाउनु दुःखको कुरा हो,’ उनले भने ।

सामाजिक सञ्जालमा मल अभावको फोटो सार्वजनिक भएपछि थप एक सय बोरा जति मल सहकारीमा आइपुगेको बताए । उनले थप मल ल्याउन पहल गरिरहेको बताए । तर जिल्लामा अभाव भएकाले किसानले मागेजति मल उपलब्ध गराउन नसकेको बताए ।

दाङ लगायतका जिल्लामा हरेक वर्ष मल अभाव हुँदै आएको छ । विगतको जस्तै यस वर्ष पनि असार सुरु भइसक्दा पनि किसानले मल पाएका छैनन् । जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पाेरेसनले ३० प्रतिशतका दरले रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने गरेका छन् ।

कृषि सामग्री कम्पनी शाखा कार्यालय घोराहीका शाखा प्रबन्धक टोपाराम गौतमले भने यो वर्ष विगतको जस्तो मलको अभाव नहुने जिकीर गरे । जिल्लाको मागको आधारमा करिब आधा मल आइसकेको र मल आउने क्रम जारी भएकाले अभाव हुने अवस्था नरहेको गौतमको भनाइ छ ।

उनका अनुसार घोराही र बंगलाचुली क्षेत्रमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मलको माग छ । तीमध्ये २ हजार २४५ मेट्रिक टन युरिया र १ हजार १६१.०५ मेट्रिक टन मल आइसकेको बताए ।

अहिलेसम्म १९०३४.९०० मेट्रिक टन युरिया र १०८१.५०० मेट्रिक टन डिएपी मल बिक्री गरेको उनले बताए । उनले रासायनिक मल सहकारीबाट समान रूपमा किसानलाई वितरण गर्नुपर्ने भए पनि पहुँचवालाले नियन्त्रण गर्दा सबै किसानसम्म मल पुगेन कि भन्ने आशंका उत्पन्न भएको सुनाए ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट