sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:२९
सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा योगदान गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको छ ।

कानुन अनुसार श्रमिकको न्युनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तलबबाट र २० प्रतिशत रोजगारदाताले थपेर मासिक रूपमा कोषमा रकम जम्मा गर्नु पर्ने भए पनि पछिल्लो समय रोजगारदाताहरूले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको कोषले जनाएको छ ।

कोषमा सूचिकृत रोजगारदाताले श्रमिकको नियमित रूपमा जम्मा गरिदिन पर्ने योगदान रकम जम्मा नगर्ने, कानुन अनुसार रोजगारदाताले थप गर्नु पर्ने रकम थप नगरिदिने, काट्टा गरेको रकम कोषमा जम्मा नगरी आफैँ राख्ने वा अन्य खातामा जम्मा गरिदिने लगायतका गुनासो पछिल्लो समय बढेको छ ।

यस्तो कार्य श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ वितरित भएको भन्दै कोषले रोजगारदातालाई सचेत समेत गराएको छ ।

कोषमा सूचीकृत हुन बाँकी रहेका सबै सङ्गठित निजी संस्थालाई कोषमा सूचीकृत भई आफ्नो कर्मचारीलाई समेत सूचीकृत गराएर नियमित रूपमा योगदान रकम जम्मा गरिदिन र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत रकम मात्रै कट्टा गरी श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम अनिवार्य रूपमा थपेर जम्मा गरिदिन भन्दै कोषले सूचना जारी गरेको छ ।

काट्टा गरेको पारिश्रमिक १५ दिनभित्र कोषमा जम्मा नगरेमा वा ३१ प्रतिशत रकम नै श्रमिकको पारिश्रमिकबाट काटेको अवस्था भएमा आफ्नो समस्या र गुनासो राख्न सकिने पनि कोषले जनाएको छ ।

९८५११६१९७२ मा मौखिक रूपमा फोन गरेर र [email protected] मा इमेलमार्फत पनि सामाजिक सुरक्षा सम्बन्धी आफ्नो समस्या र गुनासो राख्न सकिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid