May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कांग्रेस सांसदले देउवालाई भेटेर बजेट पारित गर्न नसकिने बताए

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १0:५७
कांग्रेस सांसदले देउवालाई भेटेर बजेट पारित गर्न नसकिने बताए
  • अगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि असन्तुष्ट
  • नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराए 
  • ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै

धनगढी ।।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

धनगढीबाट डेलिकेशनसहित काठमाडौँ पुुगेका कांग्रेसका ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै यथास्थितिमा सरकारले ल्याएको बजेटमाथि समर्थन गर्न नसकिने बताएका हुन् ।

उनीहरुले सरकारले प्रदेश सांसदहरुको भावनाविपरीत ल्याएको बजेट संशोधन गर्नुपर्ने, तल्लो तहबाट सिफारिस भएर आएका योजना समेटिनुपर्ने बताउँदै यथास्थितिमा समर्थन गर्न नसकिने कुरा राखिएको एक सांसदले जानकारी दिए ।

‘यो सरकारले ल्याएको असन्तुलित बजेट हामीलाई स्वीकार्य छैन । संशोधन गर्नुपर्छ भनेर सभापतिज्यूसँग कुरा राख्यौँ,’ भेटमा सहभागी एक सांसदले भने, ‘बजेट संशोधन नगरेमा समर्थन गर्न सक्दैनौँ । बरु कारवाही भोग्न तयार छौं भनेर फर्केका छौँ ।’

ती सांसदको भनाइमा सभापति देउवाले भेटमा सहभागी ६ जनाकै कुरा धैर्यतापूर्वक सुनेका थिए भने जवाफमा पूरक बजेट ल्याएर गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिज्यूले बजेट सन्तुलित नआएको कुरामा म सहमत छु । अब पूरक बजेट ल्याएर यसलाई सच्याउँछौँ भन्नुभयो,’ देउवाको भनाइ उदृत गर्दै सांसदले भने ।

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गत १ असारमा प्रदेश सभा बैठक अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

शाहीले प्रस्तुत गरेको बजेट सन्तुलित नरहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले विरोध जनाउँदै संशोधनको माग गरेपछि अहिलेसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

भेटमा कांग्रेसका प्रदेशसभा सदस्य बहादुर सिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट सहभागी थिए ।

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।